देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुकको आर्थिक विकास गर्न वातावरण अनुकुल छ : दाहाल

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन ।

अध्यक्ष दाहालले सुशासन, आर्थिक विकास र समृद्धि सबै राजनीतिक दलहरुको मूल एजेन्डा भएको उल्लेख गर्दै त्यसलाई नयाँ गतिका साथ अघि बढाउने चुनौति सामना गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

बिहिबार काठमाडौंमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढन नसकेको बताए ।

अध्यक्ष दाहालले कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता रहेको बताए ।