काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । जग्गा खरिद प्रकरणमा भष्टाचार आरोप लागेका खड्कालाई केहि समय अघि मन्त्रालय तानिएको थियो ।
खड्काले आज पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाउनुभएको छ ।
खड्काले ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे र अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको गुनासो गरे ।
प्रतिक्रिया