देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समयमा ठेक्का पूरा नगर्ने नेता र सा‌ंसदलाई कारबाही गर्ने गृहमन्त्री थापाको चेतावनी

देशान्तर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समयमा काम पूरा नगर्ने ठेकदार पुष्पकमल दाहालकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् ।गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने बताए ।

ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै गृहमन्त्री थापाले त्यस्ता सबैलाई कारबाही हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहालको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।