देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृषिमन्त्री खनाल भन्छन्ः नेपालको जग्गा दलालको कब्जामा

देशान्तर

बुटवल । कृषिमन्त्री चक्रपाणि खनालले नेपालको जग्गाजति दलालको हातमा रहको बताएका छन् । बुधबार बुटवलमा आयोजित साक्षतकार कार्यक्रममा उनले दलालको मनपरीले कृषियोग्य जमिन ध्वस्त भएको दाबी गरे ।

मन्त्री खनालले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको जानकारी गराए । भूमिसम्बन्धी नीति, ऐन भुउपयोग नीतिलगायतका कानुनहरु बनाएर कृषियोग्य भूमि बचाउने उनको जिकिर छ । ‘मैले जग्गाको २५ प्रकारको वर्गीकरण गरेको छु, नीतिबाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ’ मन्त्री खनालले भने ।

कृषि योग्य जमिनको लागि हरियो लालपूर्जा बनेको बताउँदै उनले यस्तो लालपूर्जाको आधारमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियतको व्यवस्था गर्ने पनि उल्लेख गरे । अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले देशभर रहेका १ लाख २१ हजार मोहीको संख्या पनि घटाउने दावी गरे ।