देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजपा नेपालको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

देशान्तर

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा आज बस्ने अध्यक्ष मण्डलको बैठकले देशको समसामयीक राजनीतिक अवस्था तथा जेठ २५ गते बस्ने राजनीतिक समितिको बैठकको एजेण्डाको बारेमा छलफल गर्ने बताइएको छ ।

संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सरकारमा सहभागी भएपछि प्रदेश २ तथा केन्द्रमा सो पार्टीसँग राख्ने सम्बन्धको बारेमा पनि छलफल हुने बताइएको छ ।

फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएपछि राजपा नेपालले प्रदेश २ मा फोरम नेपालको साथ छाड्ने हल्ला चलेको छ । प्रदेश २ मा फोरम नेपाल र राजपा नेपालले मिलेर सरकार बनाएका छन् ।

यद्यपी राजपा नेपाल र फोरम नेपालका नेताहरुले प्रदेश २ को गठबन्धन नटुट्ने अभिव्यक्ति दिँदै आएका छन् । तर, पार्टीको आधिकारिक कुरा आएको छैन ।