काठमाडौं । विभिन्न कम्पनी खडा गरेर सर्वसाधारणको १० अर्ब बढी ठगी गरेको अभियोगमा जेल परेका व्यापारी सुधीर बस्नेत रिहा भएका छन् । डिल्ली बजार सदरखोरमा सजाय भोगिरहेका उनी सोमबार रिहा भएका हुन् ।
सहकारीको निक्षेप ठगी आरोप काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थिए । काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना र सोहि प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।
यस्तै भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी सजायँ पूरा भएसँगै तोकिएको जरिवाना तिरेर रिहा भएको बताइएको छ । सर्वसाधारणको १० अर्ब बढी ठगेका उनी अदालतले तोकेको जरिवाना तिरेसँगै रिहा भएका हुन् ।
ओरेन्टल सहकारीेलगायतका आठ कम्पनीबाट उनले सो रकम ठगेका हुन् । उनी २०७३ पुसको दोस्रो साता पक्राउ परेका थिए ।
प्रतिक्रिया