देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हाम्रो लक्ष्य प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीः दाहाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने सोचका साथ अगाडि बढेको बताएका छन्।

पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विश्वबाटै हराउन लागेको कम्युनिस्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उचाइमा र्पुयाएको बताए।

नेपाल कम्युनिस्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी राष्ट्रपति प्रणालीमा गएको भन्दै उनले कार्यकारी राष्ट्रपति रहने प्रणाली लागू गर्ने खुलासा गरेका हुन्।

दाहालले तत्कालै यसलाई अघि सार्दा राजनिति भड्किने भएकाले मुलुकको दिगो विकास र समृद्धिका लागि सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा सहमत भएको बताए । उनले अब संशिधान संशोधनलागि पनि बाटो खुलेको बताए ।

मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रपतिय प्रणाली आवश्यक रहेको उनले दाबी गरे।

उनले आगामी दिनमा निर्वाचन प्रणालीलाई सुधार गरी राष्ट्रपतिय प्रणालीको पक्षमा सहमति जुटाउन दलहरुबीच छलफल र बहस चलाउने ताए ।

उनले हाम्रो पूर्ण ध्यान कार्यकारी राष्ट्रपति नै भएको भन्दै नेतृत्व तहमा सर्वसम्मति भैसकेकाले अब जनताका बीचमा छलफल र बहस चलाउनु लागिएको जनकारी दिए ।

अध्यक्ष दाहालले एमाले–माओवादी बीचको पार्टी एकताले अन्तर्राष्ट्रिय स्तरमै धरापमा परेको कम्युनिस्ट आन्दोलनलाई ऊर्जा मिलेकोले नेपालमा पनि कार्यकारी राष्ट्रपति प्रणली लागु गरेरै छाड्ने बताए ।