देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिस्ट शासन पतनतर्फ उन्मुखः उपसभापति निधि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा कम्युनिस्ट सरकार पतनको मार्गमा गइरहेको बताएका छन । उपसभापति निधिले मासिने बेलामा कमिलाको प्वाख पलाएजस्तो कम्युनिष्टहरुले पनि बहुतमको सरकार बनाएर देशमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन ।

उनले कम्युनिस्ट विचारधारा पतनको दिशातिर उन्मुख हुुँदै गएको भन्दै जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउँँछ, त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको बताए ।

वन तथा वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटन गर्दै निधिले विचारधाराको परिवर्तनसँगै कम्युनिस्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको बताए ।

सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउँ बाकी नरहेको उनको भनाइ थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै उनले सरकारले संघीयता र समावेशीताबिरुद्ध सिण्डिकेट खडा गरेर जनतालाई भ्रमित पारिरहेको अरोप लगाए ।

रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिस्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको निधिले बताए । उनले बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको भन्दै अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्ने बताए ।

सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाएन भनेर सोध्नुपर्नेमा चाकडी मात्र गरेको उनको टिप्पणी छ । आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकवादतर्फ उन्मुुख भएको उपसभापति निधिको भनाइ थियो ।