देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रकृतिमा धनी र प्रबिधिमा गरिव छः पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रकृतिले धनी भएपनि प्रविधीको कमी भएका कारणले पछि परेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा समृद्ध नेपालका लागि प्राविधीक शिक्षाको महत्व र भावि योजना विषयक अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै वरिष्ठ नेता पौडेलले मुलुक असमानताका कारण पछि परेको बताउनुभयो ।

उहाँले पहिला जमिनमा पहुँच हुने र नहुने बीचमा असमानता भएको र अहिले प्रविधीमा पहुँच हुने र नहुनेका बीचमा असमानता रहेको दावि गर्नुभयो । पौडेलले भन्नुभयो–‘अहिले हामी प्रविधीको कम पहुँच भएका कारणले पछि परेका छौ । अब नेपालीले प्रविधीको पहुँचलाई महत्व दिन जरुरी छ ।’ उहाँले अब नेपालले प्रविधी कमीलाई बढाउने र प्रकृतिको धनलाई प्रयोग गर्ने कामलाई एकसाथ अगाडि बढाउनुपर्ने बताउनुभयो । नेता पौडेलले भन्नुभयो–‘अब नेपालले प्रविधी र प्रकृतिलाई संगै लिएर देशलाई सम्पन्न बनाउनेछौ ।

अबको समृद्धिको आधार नै प्रविधी हो ।’ उहाँले प्राविधीक शिक्षालाई महत्व दिएर व्यवहारमा उतार्न सकेमात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । पौडेलले भन्नुभयो–‘प्रविधीक शिक्षाका माध्यामबाट नागरिकलाई क्षामतावान बनाउन सकेमात्र मुलुकको समृद्धिमा सहयोग पुग्नेछ । सरकारले यसतर्फ ध्यान दिन जरुरी भएको छ ।’ पौडेलले प्राविधीक शिक्षाका माध्यमबाट कृषिमा क्रान्ति पछि मात्र मुलुक समृद्ध हुने दाबि गर्नुभयो । उहाँले देशको विकास हुनका लागि राजकाज ठिक हुनुपर्ने बताउदै नेपाली कांग्रेसको राजनीति सुधार भएमा मात्रै मुलुकको राजकाज ठिक ढंगले चल्ने बताउनुभयो ।