देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा प्रेस युनियनको २७ औं स्थापना दिवस मनाइयो

देशान्तर

नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा बेलायतमा एक कार्यक्रमको आयोजना गरि मनाइयो। बेलायतको सबै भन्दा धेरै नेपाली बसोबास गर्ने शहर अल्डरशोटमा मे २७ गते प्रेस युनियनको २७ औं स्थापना दिवस मनाइएको हो।
नेपाल प्रेस युनियन बेलायत शाखाका संयोजक विपिन निरौलाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टको उपस्थिति रहेको थियो।

सम्पूर्ण लोकतन्त्र प्रेमी श्रमजीवि पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित प्रेस युनियनले नेपालमा लोकतन्त्र स्थापना, प्रेस स्वतन्त्रता र पत्रकारहरुको हक अधिकारका लागि अग्रिणी भूमिका निर्वाह गरेको स्मरण गर्दै अब लोकतान्त्रिक प्रणालीको स्थायित्त्व र यसको कार्यान्वयन जनस्तरमा पु¥याउन निष्पक्ष रहि खरो रुपमा कलम चलाउनु पर्ने बेला आएको कुरा महासचिव विष्टले बताए।

वर्तमान समयमा नेपाल र नेपालीको छिट्टो उन्नति प्रगतिका लागि लोकतान्त्रिक प्रणालीलाई सहि रुपमा कार्यान्वयन गराउन हरेक समाज र व्यक्तिको विशेष अनुभव र ज्ञानलाई राष्ट्रसंग जोड्न र राष्ट्रिय अभियानलाई समाज अनि व्यक्तिसंग जोड्न पत्रकारहरुको ठुलो भूमिका रहने हुँदा प्रेस युनियनमा आवद्ध पत्रकारहरु पनि त्यसमा चनाखो रहि काम गर्नका लागि महासचिव विष्टले अनुरोध गरेका थिए।

प्रेस युनियन बेलायतका संयोजक विपिन निरौलाले सम्पूर्ण लोकतन्त्र प्रेमी पत्रकारहरुलाई प्रेस युनियन स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देश विदेश जहाँबाट क्रियाशील रहेपनि प्रेस स्वतन्त्रता, पत्रकारहरुको हक–अधिकार र नागरिकको मौलिक हक अधिकारका लागि एकजुट भई निरन्तर रुपमा लागि रहनु पर्ने बताए।

ुनेपालमा दुई ठुलो कम्युनिष्ट पार्टीको एकीकरणसँग अब देश भित्र एकातर्फ नेपाली काँग्रेसले नेतृत्त्व गरेको लोकतान्त्रिक पार्टी र अर्को तर्फ कम्युनिष्ट पार्टी रहने भएका छनु । कार्यक्रमका विशेष अतिथि नेपाली जनसम्पर्क समिति बेलायतका निवर्तमान अध्यक्ष लोक गुरुङले बताए, ुलोकतान्त्रिक प्रणालीको स्थायित्व र यसको संस्थागत विकासका लागि प्रेस युनियनमा आवद्ध एवं सम्पूर्ण लोकतान्त्रिक पत्रकारहरुले निडर रही खबरदारी गर्नु पर्ने बताए।

त्यसै गरि कार्यक्रममा उपस्थित अर्का अतिथि एनआरएनए आईसीसी सदस्य तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व उपाध्यक्ष कुमारी गुरुङले जनसम्पर्क समिति बेलायत र नेपाली काँग्रेसलाई वर्तमान अवस्थामा सहि मार्ग निर्देशन गर्न प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई रचनात्मक सहयोग गर्न आग्रह गरेकी थिइन।

प्रेस युनियन बेलायत शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सफलताको लागि युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले शुभकामना सन्देश पठाएका थिए भने महासचिव अजय बाबु सिवाकोटीले अनलाईन भिडियो मार्फत सम्बोधन गरेका थिए।

सोहि अवसरमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको भर्खरै सम्पन्न अधिवेशनमा प्रेस युनियनमा आवद्ध पत्रकारहरुको भूमिका र प्राप्त सफलताको समिक्षा गरिएको थियो। महासंघको बेलायत शाखाको अधिवेशनमा प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सोचे जस्तो सफलता नपाए पनि विगतको तुलनामा अहिले केहि बढी सफलता हात परेको कुरा युनियनका संयोजक निरौलाले बताए।

उक्त कार्यक्रममा प्रेस युनियन र जनसम्पर्क समिति बेलायतले पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टलाई सम्मान गरेको थियो भने महासंघको बेलायत शाखामा भर्खरै निर्वाचित महासचिव र सदस्य क्रमशस् सञ्जय भक्त कंडेल र खेमराज रानाभाटलाई केन्द्रीय महासचिव विष्ट, प्रेस युनियन र जनसम्पर्क समिति बेलायतका पदाधिकारी र सदस्यहरुले शुभकामना, बधाई दिंदै सम्मान गरिएको थियो।

प्रेस युनियनको स्थापना दिवस र पत्रकार महासंघ बेलायत शाखाको भर्खरै सम्पन्न अधिवेशनको बारेमा महासंघको बेलायत शाखामा नवनिर्वाचित महासचिव कंडेल, एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारी, यति एशोसियाशन बेलायतका महासचिव तथा पत्रकार बाचस्पति रेग्मी लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार खेमराज रानाभाटले गरेका थिए ।