काठमाडौ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मिति टुंगो लागेको छ।परराष्ट्र मन्त्रालय उच्च स्रोतअनुसार प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओली जुन १९ देखि २४ असार ५ देखि १० सम्म चीनको औपचारिक भ्रमण हुने छ ।‘उनको चीन भ्रमण सिचुवान प्रान्तबाट शुरू हुनेछ’, परराष्ट्र स्रोतका अनुसार ‘चिनियाँ उच्च नेताहरुसँगको भेट समेत कार्यतालिकमा परेको छ।’प्रधानमन्त्री ओली नेकपा नेतृत्वमा बहुमतको सरकार गठन भएपछि पहिलो पटक चीन जान लागेका हुन ।
ओलीको चीन भ्रमणमा रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन, सुक्खा बन्दरगाह एवं ७ वटै प्रदेशमा आपतकालीन उद्धार केन्द्र स्थापनासहितका विषयले प्राथमिकता पाउनेछन्।नेपालले चीनसँग सीमा जोडिएका रसुवागढी, किमाथांका, कोराला, हिल्सा नाकाको नेपाली भूभागमा दीगो सडक निर्माणसहितका प्रस्ताव लैजाने तयारी गरेको छ।परराष्ट्र मन्त्रालयले यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लक्षित गर्दै अन्तर मन्त्रालय छलफल गरेको थियो।
प्रतिक्रिया