काठमाडौं । उपेन्द्र यादवले स्वास्थ्यमन्त्री पाउने भएका छन् । परराष्ट्र मन्त्रालयमा दाबी गर्दै आएका संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले अन्ततः स्वास्थ्य मन्त्रालय पाए । फोरमले पाउने सहरी तथा विकास मन्त्रालयमा मोहम्मद इस्तियाक राईको नाम टुंगिएको छ ।
सरकारमा सहभागी हुने फोरमबाट अध्यक्ष यादवले नेतृत्व गर्ने भएका छन् । राष्ट्रपति कार्यालयमा आजै दिउँसो ३ बजे सपथ हुने यादवका प्रेस संयोजक महेश चौरिसयाले बताए । फोरमले पाउने एक राज्यमन्त्री भने पछि पठाउने भएको छ ।
प्रतिक्रिया