देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालकृष्ण ढुंगेलको सजाय माफीको विरोधमा महिला संघको धर्ना

देशान्तर

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेलको सजाय माफी गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट महिला संघले राजधानीमा प्रर्दशन तथा धर्ना दिएको छ ।

नेपाल महिला संघको काठमाडौंको आयोजनामा काठमाडौं जिल्ला प्रशाससन कार्यालय अगाडि महिला संघले ज्यान मुद्दा जस्तो गम्भिर फौजदारी मुद्दाका अभियुक्तको सजाय माफी दिएको विरोधमा प्रर्दशन तथा धर्ना दिएको महिला संघले जनाएको छ । सर्वोच्च अदालतमा ढुंगेलको सजाय माफी गर्न हुने÷नहुने विषयमा बहस जारी रहेको अवस्थामा सरकारले अदलातको समेत अपमान हुने गरि ढुंगेलको सजाय माफी गरी रिहा गरेको भन्दै महिला संघले विरोध गरेको हो ।

यसअघि नेपाली कांग्रेस निकटको नेपाल बिद्यार्थी संघले पनि विरोध प्रर्दशन गरेको थियो । सरकारले असल चालचलन भएको भन्दै गणतन्त्र दिवसका दिन बाँकी कैद मिनाहा गर्दै ढुंगेललाई जेल मुक्त गरेको थियो ।