काठमाडौं। करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ ।उनले बिहीबार बिहान जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए ।
लगत्तै, उनको बयान सुरु भएको थियो ।जिल्ला अदालतका अनुसार उनको थुनछेक बहस केहीवेरमा सुरु हुँदैछ । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।
खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको छ ।प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।
प्रतिक्रिया