काठमाडौं । सरकारले दशरथ रंगशालाको मर्मत सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले दशरथ रंगशालासहित विभिन्न कबर्डहलहरूको मर्मत सम्हार तथा स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।
उनले खेलाडीहरूको सेवा र सुविधाका लागि सरकारले दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमाको लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पारेका छन्।
मन्त्रालयले गत चैत्र २३ गते सार्वजनिक गरेको कार्ययोजनाको कार्य प्रगति विवरण सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको काम र सबै प्रदेशमा प्रादेशिक रंगशाला निर्माणको कामलाई पनि अघि बढाइएको बताए।
मन्त्री विश्वकर्माले संघीय ढाँचा अनुकूल हुनेगरी राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार पारिएको पनि बताए। युवा तथा खेलकुद मन्त्रालयले १२ वर्षे खेलकुद गुरुयोजना पनि तयार पारेको छ।
प्रतिक्रिया