काठमाडौं । भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु भएको जनाइएको छ ।उत्तरी भारतको विभिन्न स्थानमा परेको चट्टयाङमा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका हुन् ।तीब्र गतिमा आएको हावा र चट्टयाङले पुर्याएको मानवीय र भौतिक क्षतिका कारण थुप्रैं गाउँ शोकमा डुबेको छ ।
धेरैको मृत्यु सुतिरहेकै समयमा भएको बताइएको छ । घरका पर्खालहरु भत्कँदा थुप्रैं मानिस घाइते बनेका छन् ।विहारको पूर्वी क्षेत्र सबैभन्दा बढी नराम्ररी ध्वस्त भएको छ ।
ती क्षेत्रमा कम्तिमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ ।उत्तर प्रदेशमा १२ जनाको मृत्यु भएको छ । आउने हप्तामा उत्तरी भारतमा ४७ डिग्रीसम्म तापक्रम पुग्ने त्यहाँकौ मौसम विभागले जनाएको छ ।
प्रतिक्रिया