काठमाडौं । पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।उनीहरुले ११ औं अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् ।
४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाइ अभियान चलाएको बताए ।वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भइसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया