देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्र कसैले सापटी दिएको होइनः प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा नभई लडेर ल्याएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार भएको कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

गणतन्त्र नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो भन्दे उनले दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको स्मरण गरेका छन ।

जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको उनले बताए । कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट सम्बोधन गरिएको थियो ? प्रधानमन्त्रीले प्रश्नगर्दै कुनै समय जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत रहेको र जनतालाई जनता हैन रैति ठानिन्थ्यो अब त्यो हराएको बताए ।

प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताको दिवस र आम नेपालीको दिवस भएको बताए । ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो भन्दै एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको बताए ।

प्रधानमन्त्रीले विकास, समृद्धि, सुशासन एवं स्थिरता अबको नेपालको गन्तव्य भएको बताउँदै गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य हाम्रो मुख्य अभियान भएको उल्लेख गरे।

‘गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन्। सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो। यसका लागि आज असान्र्द्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन्। यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिंदै छन्,’ उनले भने।