काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वामपन्थी सरकारले व्यवहारमा प्रजातन्त्र प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा आज काठमाडौंको शान्तिवाटिकामा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले उक्त भनाई राखेका हुन् ।
कार्यक्रममा देउवाले आफू प्रजातन्त्रवादी हो भनेर वामपन्थीहरुले भन्दै आएकाले त्यो आचरणमा देखिनुपर्ने बताए।
देउवाले अहिले धेरै कुरा काटेर केही फाइदा नहुने भनाईसमेत राख्दै कुरा काटेर पनि केही फाइदा छैन भन्दै फेरि धेरै कुरा काट्यो भनेर आरोप नलगाउन आग्रहपनि गरेका छन ।
देश गणतन्त्र र संविधानको कार्यान्वयनको महत्वपूर्ण बाटोमा हिँडेको उल्लेख गर्दै देउवाले नेपालमा पूँजी नभएकोले विकासका लागि लगानी भित्राउनुपर्ने सुझावसमेत दिए।
प्रतिक्रिया