काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताको नेतृत्व सम्हालेको दल नेपाल कम्युनिष्ट पार्टीलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग संवाद अघि बढाउन माग गरेको छ ।
११ औं गणतन्त्र दिवसको अवसर पारेर प्रतिपक्षी कांग्रेसले नेकपाका दुवै अध्यक्षसँग विप्लव नेतृत्वको नेकपासँग संवाद अघि बढाउन माग गरेको हो ।
गणतन्त्र दिवसको अवसर पारेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गणतन्त्र स्थापनामा विप्लवको भूमिका स्मरण गरेर विद्रोहको स्वरलाई समृृद्धिको सामथ्र्यमा गाँस्नुपर्नेमा जोड दिएका छन ।
उनले विद्रोह गरिरहेको कम्युनिष्ट पार्टीलाई पनि विश्वासमा लिने योग्यता प्रदर्शन गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।
विद्रोहमा रहेकोे कम्युनिस्ट पार्टीलाई पनि विश्वासमा लिन सके संसदीय गणतन्त्र र समृद्धिको यात्रा बलियो बन्ने कांग्रेसको भनाइ छ ।
प्रतिक्रिया