काठमाडौं । व्यक्ती हत्याको आरोपमा जेलमा रहेका तत्कालिन माओवादीका नेता एंव सत्तारुढ अन्डरलाईन कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वालकृष्ण ढुंगेललाई आज १० नबज्दै रिहा गरिएको छ । व्यक्ति हत्यामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ सर्वस्वसहित जन्मकैद तोकिएका बालकृष्ण ढुंगेललाई ओली सरकारको सिफरिसमा चालचलन सुधारिएको भन्दै ४० प्रतिशत कैद मिनहा गर्दै राष्ट्रपति समक्षा सिफारिस गरेको थियो । राष्ट्रपतिको कैद मिनाहा गर्ने निर्णय संगै कारागार व्यवस्था बिभागले ढुंगेललाई १० नवज्दै जेल मुक्त गरेको हो । सर्वोच्च अदालतले सोमबार मात्र ढुंगेललाई कैदमिनाहा गर्न तयार पारेको सक्कली फाइल मगाएको थियो । मन्त्रिपरिषद्ले सोमबार राति ११ बजे कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट सरकारको निर्णय तत्काल सदर भएपछि ढुंगेलले उन्मुक्ति पाएका छन् ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालतले ढुंगेललाई दोषि ठहर गर्दै सर्वस्वसहित जन्मकैद तोकेको थियो । पर्याप्त प्रमाण नपुगेको बताउँदै तत्कालीन पुनरावेदन अदालत राजविराजले ढुंगेलको मुद्दा खारेज गरको थियो ।
सर्वोच्च अदालतले ०६६ सालमा जिल्ला अदालतको निणर्य सदर गरेको थियो । सत्ता र शक्तिको आडमा सर्वोच्चको निर्णय लत्याउँदै ुफरारु रहेका ढुंगेल तत्कालीन माओवादीका उच्च नेताको साथ सार्वजनिक समारोहमै देखिँदै आएका थिए । तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन । फैसलाको आठ वर्षपछि गत कात्तिकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया