देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरमा दुई पेट्रोल पम्पमा शिलबन्दी

देशान्तर

काठमाडौं । सरकारले ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरको एकान्तकुनास्थित प्रशान्ति आयल स्टोर्स र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा टे्रडर्समा शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा प्रशान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा टे्रडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्री गरेको फेला परेपछि दुवै पम्पलाई शिलबन्दी गरिएको मन्त्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।नाम तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले तोकिएको परिमाणमा २५ प्रतिशतसम्म कमी भएमा कुनै कारवाही नहुने व्यवस्था गरेको छ ।

अनुगमनका क्रममा २५ प्रतिशतको सीमा नाघेपछि टोलीले पम्पमा शिलबन्दी गरेको हो ।कम परिमाण बेचेर उपभोक्तालाई ठगी गर्ने पम्पलाई अत्यन्तै न्युन कारवाहीको व्यवस्था गरिएको छ । उपसचिव विष्टले उपभोक्ता ठग्ने पम्प सञ्चालकलाई ऐन नियमले दिएसम्म कडा कारवाही गर्ने बताए ।