देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार र फोरमबीच सहमति,संविधान संशोधन हुने

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेछ ।सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।फोरम ओली सरकारमा सहभागी हुने दोस्रो सहमति छ ।

नेताहरुका अनुसार फोरमले दुई मन्त्रालय पाउनेछ । तर, यसबारे छलफल हुन बाँकी नै रहेको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।