देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपिएलको ११ औं संस्करणको उपाधि चेन्नईलाई

देशान्तर

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग–आईपिएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नई सुपर किङ्सले हात पारेको छ । आईतबार भएको फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउदै उपाधि हात पारेको हो । चेन्नईले तेस्रो पटक आईपिएलको उपाधि जितेको हो। चेन्नईको जितमा ओपनर सेन वाट्सनले सतक बनाए।

हैदराबादले प्रस्तुत गरेको एक सय ७९ रनको लक्ष्य चेन्नईले १८ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो। वाट्सनले अविजित ११७ रन बनाए। सुरेश रैनाले ३२ रन बनाए। वाट्सन र रैनाबीच दोस्रो विकेटका लागि एक सय १७ रनको साझेदारी भएको थियो।वाट्सनले ५७ बलमा ८ छक्का र ११ चौका प्रहार गरे।

टस हारेपछि पहिले ब्याटिङ गर्ने जिम्मा पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । केन विलियमसनले ४७, युसुफ पठानले ४५ र शिखर धवनले २६ रन बनाए।  चेन्नईले सन् २०११ यता पहिलो पटक उपाधि जितेको हो। यसबीचमा तीन पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको थिएन। पछिल्ला दुई वर्ष चेन्नई आईपिएलमा सहभागी हुन पाएको थिएन।