काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा सरकारले पेश गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथी सांसदहरुले उठाएका प्रश्नको भोली जवाफ दिने भएका छन ।
५ दिनसम्म चलेको संसदमा सत्तारुढ दल र प्रतिपक्षी सांसदले दिएका सुझाव र टिप्पणीलाई प्रधानमन्त्री ओलीले भोली संसदमा जवाफ दिने तयारी गरे संसद सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रमको छलफलमा प्रतिपक्षि दलका सांसदले संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहलाई शक्तिशाली बनाउने योजना ल्याउन सरकार असफल भएको आरोप लगाएका थिए ।
उनीहरुले संविधान संशोधन गर्ने बिषय समेट्न, जन्मसिद्ध नागरिकको समस्या समाधान गर्न र एकबर्षिय योजना ल्याउन समेत सरकारलाई सुझाव समेत दिएका छन् ।
यता, सत्तारुढ दलका सांसदले आगामी नीति तथा कार्यक्रम प्रशंसनीय र जनमुखि भएको बताए । चुनावी घोषणापत्रमा समेटेमा एजेन्डालाई सरकारले लिपिबद्ध गरेको सत्तापक्षीय सांसदहरुको भनाई छ ।
प्रतिक्रिया