देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवैध सुन बोकेको आरोपमा चीनमा दुई नेपाली पक्राउ

देशान्तर

काठमाडौं । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनमा पक्राउ परेका छन् । उनीहरुलाई ल्हासा कारागारमा राखिएको छ ।ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा पक्राउ परेको जानकारी दिए ।

अभियुक्तले करीब एक महीनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए ।

पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको सिलवालले बताए ।