काठमाडौं । नेपालको चर्चित होमग्रोन इलेक्ट्रोनिक्स ब्राण्ड डिआरएनले १९ वर्ष पूरागरी २०औं वर्षमा प्रबेश गरेको छ ।
१९ वर्षअघि रेडियोबाट उत्पादन थालेको यो कम्पनीले अहिले पछिल्लो प्रविधिमा आधारित स्मार्ट कर्भ्ड टिभी उत्पादन गरि बजारमा ल्याएको छ । डिआरएनले काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर १९ वर्षको अवधिमा कम्पनीले प्राप्त गरेको उपलब्धीको बारेमा जानकारी दिएको छ ।
नेपाली ब्राण्डमा इलोक्ट्रोनिक्स सामान उत्पादन गरेको १९ वर्ष पूरा भएको जानकारी दिदै डिआरएनका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले रेडियोबाट भिसिडी हुँदै स्मार्ट कर्भ टिभी उत्पादन गरिरहेको जानकारी दिएका छन ।
उनले अहिले बजारमा ल्याएका १५ इन्च देखि ५५ इन्च सम्मका स्मार्ट कर्भ टिभी अन्य कम्पनिको तुलनामा सस्तो र बढी टिकाउ भएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले सबै स्मार्ट टिभिको एकवर्ष वारेन्टी रहेको र एकवर्षभित्र बिग्रिएमा कम्पनी आफैले बनाइदिने जानकारी पनि दिएका छन ।
श्रेष्ठले डिआरएन ओभरसिजका २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि चिनियाँ ब्राण्डको विस्तारै नेपालमा दबदबा कायम राखको र त्यही बेला चीनसँगको व्यापारमा आफुहरु सहभागी भएको बताए ।
उनले चिनियाँ सामान आयात गरेर बिक्री वितरण गर्ने काम सुरु भएपछि ०५६ साल असोज १७ गते कम्पनी रजिष्टार कार्यालयमा डिआरएन दर्ता गरेको बताए । डिआएएनले सबैभन्दा पहिला वारेन्टीको व्यवस्था गरेको थियो ।
डिआरएनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि हङकङमा समेत कम्पनी दर्ता गरिसकेको अध्यक्ष श्रेष्ठले बताए । नेपालको ब्राण्डलाई हामी अन्तर्राष्ट्रिय जगतमा पुर्याउँदैछौँ र त्यसैका लागि हङकङमा समेत डिआरएन दर्ता गरिसकेको श्रेष्ठको भनाइछ ।
कार्यक्रमा कम्पनीका निर्देशक रजनिश श्रेष्ठले गुणस्तरीय उत्पादन भएकै कारण अन्तर्राष्ट्रिय ब्राण्डसँग खरो प्रतिस्पर्धा गरिरहेको बताउदै विश्व बजारको इन्नोभेसनलाई एडप्ट गरेको दावी गरे ।
निर्देशक श्रेष्ठले भने—गुणस्तरमा हामी सबैभन्दा सचेत हुन्छौं त्यही भएर हामीले बहुराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सफल भएका छौं।’उनले स्मार्ट कर्भ्ड टिभी १ सय ८० डिग्रीमा हेर्न मिल्ने बताउँदै हाइ रेजुलेशन रहेकोले टिभी हेर्दा उत्कृष्ट अनुभव पाइने बताए ।
कम्पनीले डिआरएन ब्राण्डमा फाइभ इन वान, टु इन वान, थ्री इन वान स्पीकर पनि बजारमा ल्याएको छ । कम्पनीले ५५, ४३, ३९ र ३२ इन्चमा स्मार्ट कर्भ टिभी ल्याएको हो । यसबाहेक टेलिफोन सेट, स्मार्ट टिभी बक्स, आइरन, इमर्जेन्सी लाइट, सिएफएल तथा एलइडी वल्व, पंखा, मच्छडब्याट, मल्टी प्लग र टर्च लाइट समेत बजारमा ल्याएको छ ।
कम्पनीकी प्रवन्ध निर्देशक केशरी श्रेष्ठले नेपालको उद्योगीले आफ्नै ब्राण्डमा इलक्ट्रोनिक्स सामान उत्पादन गरि बिक्री गर्नु आफैँमा चुनौतीपूर्ण भएपनि जोखिम लिएर ब्राण्ड स्थापित गर्न सफल भएको बताइन ।
कम्पनीले विश्वकप फूटबललाई लक्षित गर्दै डिआरएनको टिभी किन्दा उपहार दिने योजना समेत ल्याएको छ । कम्पनीका अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआरएन २.१ स्पिकर,४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआर— ८८८ टेलिफोन सेट, ३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआर—१११ टेलिफोन सेट दिनेछ ।
कम्पनीले डिआरएनको ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलाई १० पिस दुई वाटको एलइडी वल्व दिने योजना पनि ल्याएको छ ।
प्रतिक्रिया