देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलात्कार काण्डमा फरार ३ अभियुक्तविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

देशान्तर

काठमाडौं । चार महिनाअघि दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका फरार ३ जना प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

यसअघि गत माघ पहिलो साता होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।प्रकरणमा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको हो ।

उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश अदालतले दिइसकेको छ।कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको थियो ।