काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको आरोप लगाएका छन् ।सरकार विपक्षीहरु असहिष्णु हुनु यसको प्रमाण भएको उनले बताए ।
राष्ट्रियताको पक्षमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा शंका पैदा भएको बताए ।बिहीबार राजधानीमा भएको कार्यक्रममा थापाले भने, ‘निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजेका बताए ।
आवरण भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने उनको दाबी छ । अब मिडिया पनि निशानामा पर्न सक्ने उनको आशंका छ ।संविधानलाई स्वागत नगरेको नाकाबन्दी लगाएको भारतका प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने तर, नागरिक अभिनन्दन गर्न नहुने पूर्वउपप्रधानमन्त्री थापाले धारणा राखे ।
प्रतिक्रिया