काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताएका छन। सरकारको नीति तथा कार्यक्रममाथि सदनमा बोल्दै देउवाले राष्ट्रवादबारे पानाको पाना पाठ पढाउन आवश्यक नभएको भन्दै नेपाली जनताले अहिले सम्म देशको सीमाको रक्षा गरेर बसेकाले अवपनि रक्षागर्न सक्ने बताए ।
हिमाल,पहाड र तराइका जनताले देश आफ्नो हो र आफ्ना देशको सुरक्षा पनि आफैले गर्नुपछ भन्ने कुरा बुझिरहेकाले उनिहरुलाई राष्ट्रवादको पाठ भन्दा बिकास आवस्यक भएको सभापति देउवाको भनाई थियो ।
उनले अहिलेको सरकारसंग संसदमा आवस्यक बहुमत रहेको भन्दै खोक्रो राष्ट्रबादका बिषयमा जनतालाई छक्याउने भन्दा सबैले अपनत्व जनाउने गरी संबिधान संशोधन गरेर राष्ट्रलाई एक ढिकामा बाध्न सरकारलाई सुझाव दिए । उनले सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गर्दै सरकारसँग दुरदृष्टि नभएर नयाँ कार्यक्रम नआएको टिप्पणी गरे ।
प्रतिक्रिया