काठमाडौं । कैलालीको अत्तरियाबाट ६ किलो चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले अत्तरिया बजारमा हिँडिरहेको अवस्थामा ६ किलो चरेश सहित बाजुरा जिल्लाकोे छेदेदह गाउँपालिका–३ का २९ वर्षीय छत्रबहादुर बुढा र ५२ वर्षीय नौले बुढालाई पक्राउ गरिएको हो ।
चरेशसहित पक्राउँ परेका दुबै जना बाबुछोरा रहेको प्रहरीले बताएको छ । महेन्द्रनगर रोडको गोदावरी पूल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेले बताए ।
प्रतिक्रिया