काठमाडौ । महिला पत्रकार टोलीले सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् । रोशा बस्नेतसहितको ४ जना महिला पत्रकार विश्वको सर्वोच्च सगरमाथामा बुधबार बिहान ६ बजे पाइला टेक्न सफल भएका हुन् ।आरोहरणमा गएका ५ मध्ये ४ जना चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका छन्।
मोरङ निवासी पत्रकार बस्नेत रासस केन्द्रिय कार्यालयमा अंग्रेजी समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्छ ।
बुधबार ८,८४८ मी अग्लो सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय, राससकर्मी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ हुनुहुन्छ ।
‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित महिला पत्रकार समूह आरोहणमा गएका हुन् ।आरोहीले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पुर्याएका छन् । य
प्रतिक्रिया