काठमाडौं । सरकारले सोमवार संसदमा पेश गरेको आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा दफावार छलफल सुरु हुँदैछ । नीति तथा कार्यक्रममाथि छलफलमा लागि आज ११ वजे संसदको बैठक बोलाइएको छ । सोमवार राष्ट्रपति विद्या भण्डारीले प्रतिनीधिसभा र राष्ट्रसभाको संयुक्त बैठकमा आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
सरकारले पाँच वर्ष्भित्र दोहोरो अंकको आर्थिकवृद्धि तथा प्रतिव्यक्ति आए दोब्बर बनाउने लक्ष्यसहितको नीति तथा कार्यक्रम ल्याएको छ । संसदका दुवै सदनमा बुधबारदेखि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ र यसका लागि तीन दिनको समय छुट्याइएको छ । त्यसपछि नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने तयारी हुनेछ । दुवै सदनको बैठक बिहान ११ बजे बस्नेछ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको, तीनै तहका निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जनताको सम्बृद्धिको चाहनालाई पूरा गर्ने दृढतालाई प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया