देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले नीति तथा कार्यक्रमबारे संसदमा आवाज उठाउने

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिदै संघीय संसदमा त्यसबारे आवाज उठाउने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पूरानै शैली र केन्द्रीकृत प्रणालीको सपना बाँड्ने योजनाको पुलिन्दा मात्रै भएको संसदमा आवाज उठाउने निर्णय गरेको हो । नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक बर्ष्भित्र कुन–कुन क्षेत्रमा के कति उपलब्धि हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप कांग्रेसले लगाएको छ । संघीय संरचनामा मुलुक रहेपनि नीति तथा कार्यक्रमले तीन तहको सरकार भएको अनुभूति दिन नसकेको तथा पूर्ववर्ती सरकारको जस्तै केन्द्रीकृत नीति अबलम्बन गरिएको ठहर कांग्रेसले गरेको छ ।

सरकारले नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे प्रमुख प्रतिपक्षी दलसंग छलफल नगरे एकलौटी रुपमा अघि बढेको टिप्पणी कांग्रेसले गरेको छ ।सरकारको नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई मार्गर्दशन गरि हातेमालो गर्दै अघि बढ्नुपर्ने भएपनि त्यो नभई घोषणपत्रमा सिमिति भएकाले जनताको विकास र सम्वृद्धिको सपना साकार पार्न आफुहरुले संसदमा शसक्त आवाज उठाउने निर्णय पनि कांग्रेसले गरेको छ ।