देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनको विकल्प छैनः उपेन्द्र यादव

देशान्तर

कैलाली । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

मंगलबार धनगढीमा संघीय प्रेस फोरम नेपालले गरेको पत्रकार सम्मेलनमा यादवले प्रदेश सरकारको मातहतमा स्थानीय निकाय र सुरक्षा निकाय नभएको भन्दै प्रदेश सरकारलाई बलियो बनाउन र संघीयता कार्यान्वयन गर्न धैरे सुधारको आवश्यकता रहेको बताए । अध्यक्ष यादवले भने‘ यसका लागि संविधान संसोधनको विकल्प छैन’

उनले नेपालको शिक्षा प्रणाली स्तरहिन भएको भन्दै शिक्षा नीतिमा समेत सुधारको खाँचो भएको औल्याए । जबसम्म कृषि, शिक्षा पर्यटन र उद्योगको गुणस्तरीय विकास हुँदैन तवसम्म मुलुक समृद्धिको दिशामा जान नसक्ने उनको भनाई छ ।

भारतीय प्रधानमन्त्री मोदी भ्रमणको समयमा प्रदेश दुईमा भएको विवादलाई कसरी लिनु भएको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले यसमा गल्ती केन्द्र सरकारको भएको तर प्रदेश सरकारको काँधमा थुपारिएको आरोप लगाए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सहयोगी दलको परामर्श बिनै ल्याएको आरोप पनि लगाए । नीति तथा कार्यक्रम महत्वकांक्षी भएको उनको भनाई छ ।