काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजबाद उन्मुख नभएको बताएका छन् । उनले सरकारले शब्दमा समाजबाद भनेपनि निति तथा कार्यक्रममा यसबारे स्पष्टनीति नआएको बताएका हुन् ।
बुटवलमा आयोजित साक्षात्कारमा पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकारको नीतिले जनजीबिकाको सवाललाइ सम्बोधन गर्न नसकेको दवी गरे । केसीले समाजबादको माला जपेर ल्याएको निति तथा कार्यक्रममा कृषिमा आत्मनिर्भर कृषि नीति के हुने, भूमि सुधार नीति के हुने, नयाँ पिढिले के गर्ने, रोजगारी कसरी सिर्जना गर्ने र आत्मनिर्भर कसरी बनाउने भन्ने बिषय प्रस्ट नभएको उल्लेख गरे ।
केसीले एमाले र माओवादी वीचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको बताउदै यस्तो प्रबृतिले समाजबाद नआउने बताए । उनले सरकारले अरुण तेश्रोलाई पनि भारतलाइ बुझाएको बताए ।
प्रतिक्रिया