काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक बस्दैछ । बिहान ११ वजेपछि संसदीय दलको कार्यादलय सिंहदरवारमा बस्ने बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा पूर्वअर्थमन्त्री तथा योजना आयोगका पूर्व अध्यक्षहरुलाई समेत संसदीय दलको बैठकमा बोलाइएको छ । सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण र नयाँपन देखिन सक्नुपर्छ, तर लामो र महत्वकांक्षी कार्यक्रम तथा एक वर्षको नीति तथा कार्यक्रम पञ्चवर्षीय योजना जस्तो बनेको प्राराम्भिक टिप्पणी गरेको छ ।
संसदीय दलको बैठकमा सांसदहरुलाई नीति तथा कार्यक्रममाथि संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत पूर्व अर्थमन्त्री तथा योजना आयोगका पूर्वअध्यक्षहरुले प्रशिक्षण समेत दिने बताइएको छ ।
प्रतिक्रिया