काठमाडौं । एमाले माओवादीको एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टीको पहिलो सचिवालय बैठक आज बसेको छ । बालुवाटारमा निर्धारित समयभन्दा करिब ३ घन्टापछि सुरु भएको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिएको छ भने संगठनात्मक एकीकरणलाई अघि बढाउन विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न मस्यौदा कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, देव गुरुङ, वेदुराम भुसाल, खिमलाल देवकोटा रहेका छन् । संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन ७ वटै प्रदेश र प्रवासमा एकीकरण प्रक्रियाको निम्ति सुझाव पेस गर्न पूर्व घटकहरुका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासका लागि ४÷४ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । साथै जनवर्गीय संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनको पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी ४ सदस्यीय कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको छ । यी तीन वटै कार्यदलको समायवधि १५ दिन तोकिएको छ । केन्द्रीय कार्यालयको सञ्चालनको निम्ति दुई अध्यक्षले केही समयभित्रै निर्णय दिनेगरी जिम्मेवारी दिइएको सचिवालयका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ययैबीच नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीमा वरियाता विवाद चर्कन थालेको छ । नयाँ पार्टीमा वरियता नमिलेको भन्दै तत्कालिन एमालेका नेताहरु असन्तुष्टि जनाउन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोसिएकोमा आपत्ति जनाए । आज बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाएका हुन् । साथै उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
यस्तै तत्कालिन एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी एकताको क्रममा वरियता मिचिएकोमा आज गृहजिल्ला दाङ पुगेर असुन्तुष्टि जनाएका छन् । उनले आफु बिद्या भण्डारी राष्ट्रपति भएपछि पार्टीमा म ५ औं रोलक्रममा भएको तर नयाँ पार्टी निर्माणपछि आफुलाई अन्याय भएको बताए । ज्ञावलीले पार्टी एकिकरणमा आफु लगायत अन्य केही साथीहरुमाथि अन्याय भएको बताए । त्यसैगरि पूर्व एमालेका उपाध्यक्ष भीम रावललाई पनि सचिवालयमा नपारिएपछि नेतृत्वलाई भेटेर आपत्ती जनाउदै आएका छन् । एकिकरण अगाडिको एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले आज गृह जिल्ला दाङ पुगेर वरियातामा आफ्नो सहमति नभएको भन्दै सार्वजानिक रुपमा नै असंतुष्टी जनाएका हुन् । तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलले पनि आफूलाई महासचिवबाट हटाइएकोमा असंतुष्ट बनेको बताइएको छ । पोखरेललाई महासचिववाट हटाएर नयाँ पार्टीमा सचिवालय सदस्य मात्र बनाइएको छ । महासचिवमा तत्कालिन एमालेका उपमहासचिव विष्णु पौडेललाई नियुक्ती गरिएको छ ।
प्रतिक्रिया