काठमाडौं । नेपाली महिलालाई कुवेतमा ओसारपसार तथा वेचविखन गर्ने मिना लामा पक्राउ परेकी छिन् । सिन्धुपाल्चोकको ठुलोपाखरकी ३१ वर्षिया लामालाई इन्टरपोल कुवेतले पक्राउ गरी नेपाल पठाएको हो ।
लामालाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
मिनाको समुले कुवेतमा वैदेशिक रोजगारीमा लगाइदिने भनेर भारतको दिल्ली हुँदै कुवेत पु¥याएर बेचबिखन गर्ने गरेको महाशाखाले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन २०६४ अनुसार लामालाई २० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।
प्रतिक्रिया