काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । तर, छोरा राजीव घिमिरेका अनुसार राष्ट्रकविको आन्तरिक रक्तश्राव रोकिएको छ ।
घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल भर्ना नै गर्ने गरिएको थियो । पछिल्लो पटक उनी ७/८ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।अझै आन्तरिक रत्तश्राव रोकिएको छैन,’ घिमिरेले अनलाइनखबरसँग भने ।उनका अनुसार चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् ।
प्रतिक्रिया