काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असार पहिलो साता हुने भएको छ । भेला असार २, ३ र ४ मा डाकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा बस्ने कार्यक्रम छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले जेठको अन्तिम साता जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो ।
जिल्ला सभापतिहरुको भेला अगाडि जिल्ला सभापतिहरुले प्रदेश प्रदेशमा प्रदेशस्तरिय जिल्ला सभापतिहरुको भेला गरेर तयारीलाई तिव्र बनाएका छन् । तर केन्द्रीय समितिले जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गर्न सकेको छैन् । प्रदेश प्रदेशमा जिल्ला सभापतिको प्रदेशस्तरिय भेला गर्ने तयारमा लागेको नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर ५ का जिल्ला सभापतिहरुको भेला जेठ ६ गते लुम्बिनीमा तय भएको छ । पुनले भने–‘अन्य प्रदेशमा पनि सभापतिहरु प्रदेशस्तरिय तयारीमा लागेका छन् । केन्द्रले गर्ने जिल्लासभापतिहरुको भेलामा एकमुष्ट रुपमा प्रदेशस्तरिय आवाज बनोस भनेर प्रदेशस्तरिय भेल ागर्न लागिएको हो । यसले गर्दा छोटो समयको भेलामा पनि धेरै विषयमा छलफल हुन सक्छ ।’
जिल्ला सभापति भेला गर्नका लागि मकवापनपुर, भक्तपुर, ललितपुर, काठमाडौं, मोरङ र नुवाकोटले दाबी गरेका थिए । जिल्ला सभापतिको भेलामा ७५ वटै केन्द्रीय समितिका सदस्यहरू, जिल्लाका सभापति, उपसभापति, सचिव गरी झन्डै पाँच सयजना सहभागी हुनेछन् । भेलामा केन्द्रले कुनै राजनीतिक प्रतिवेदन प्रस्तुत नगरे पनि जिल्ला सभापतिले निर्वाचनमा पराजयपछिको संगठनको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘जिल्ला संगठनको अवस्था कस्तो छ भन्ने रिपोर्ट सभापतिहरूले प्रस्तुत गर्नुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘अब निर्वाचनमा पराजयपछि संगठनलाई कसरी अघि बढाउने, समस्या के छन् र केन्द्रको सुझाबसमेत समेटेपछि एउटा धारणा तय हुन्छ ।’ जिल्ला सभापतिसहित प्रदेशस्तरबाट पनि विषय आउने जानकारी उनले दिए । भेलाले संगठनको नयाँ कार्यक्रम, पराजयपछिको तयारीसँगै केन्द्र र जिल्लाबीचको समन्वयलाई व्यवस्थित गर्ने, केन्द्रलाई ‘फिडब्याक’ दिने गर्छ ।
प्रतिक्रिया