काठमाडौं । बागलुङमा विद्युत पोलमा प्रवाह भएको करेन्ट लागेर यहाँका दुई जना युवतीको शनिबार मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका–६ का २३ वर्षीया गुमा कंडेल र २० वर्षीया मिना कंडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान घाँस काट्न गएका उनीहरुले विजुलीको फलामे पोललाइ छुन पुग्दा करेन्ट लागेको थियो ।
तार बाँध्ने माटोको इन्सुलेटरबाट फलामे पोलमा करेन्ट प्रवाह भएको र एउटालाई बचाउन जान खेज्दा दुवैको मृत्यु भएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।
प्रतिक्रिया