काठमाडौं। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर दाहालले पार्टीलाई एमालेमा विलय गराएको आरोप लागएका छन ।
सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।
आज बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा डा. भट्टराईले जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको बताए ।
दाहालले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए ।
नवगठित नेपाल कम्युनिस्ट (नेकपा) ले देशको आवश्यकता पूर्ति गर्न नसक्ने भट्टराईले ठोकुवा गरे ।
प्रतिक्रिया