काठमाडौँ । संसदमा सत्तापक्ष नवगठित नेपाल कम्युनिस्ट पार्टीको वरीयताक्रमअनुसार बसेको छ ।
नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा बसेका छन् ।
उनीपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहने भएकाले सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा बसेका हुन् ।
नेकपाका नेता देव गुरुङले सत्तापक्षले आफ्नो सिटमा पार्टी वरीयताअनुसार नै बसेको बताए ।
यसअघि माओवादी केन्द्रका सांसद बस्ने सिटमा भने पहिलो नम्बरमा देव गुरुङ थिए भने त्यसपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बसे ।
प्रतिक्रिया