काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपीट गरेका छन् । गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी कुटेका हुन् ।
गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीलाई निर्घात कुटपिट गरेको परिवारिक स्रोतले जनाएको छ ।
१२ वर्षीय राम कामीलाई शिक्षकले स्केलले टाउकोमा हान्दा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो । टाउकोमा गम्भीर चोट लागेपछि उनलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो ।
निरन्तर रगत बगिरहको र त्यहाँ उपचार सम्भव नभएपछि कामीलाई थप उपचारका लागि कैलालीको जोगबुढा अस्पतालमा लगिएको थियो ।अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि उनलाई शुक्रबार कैलाली लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले बताए ।
अभिभावकले उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपीट गर्ने शिक्षक अवस्थीलाई कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया