काठमाडौं । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ को एक महिने ब्रत आजबाट शुरु भएको छ । अरबी पात्रो हिजरी अनुसार नवौं महिना रमजानमा एक महिनाभर पवित्र रोजा ब्रत बस्ने गरिन्छ । यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।
राष्ट्रिय मुस्लिम आयोगका अनुसार धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा-ब्रत तोड्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खाना/सेरी खाने तथा साँझ सूर्यास्तपछि फलाहार/इफ्तार गर्छन् ।
धनी तथा गरीब दुबैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने गर्दछन् । इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हज/तीर्थाटन, जकात/दान र कल्मा पर्छ ।
धनी मानिसले आफ्नो वार्षिक आम्दानीको २.५ प्रतिशत गरीब, दुःखी तथा असहायलाई दान गर्ने परम्परालाई जकात र इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनका उपदेशलाई कल्मा भनिन्छ । इस्लाम धर्मावलम्बीले रमजान सकिएको एक महिनापछि इद मनाउँछन् ।
प्रतिक्रिया