काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्रबीच बन्ने नयाँ पार्टीको स्थायी कमिटी सदस्य संख्या थप गरिएको छ ।
एमाले र माओवादीका १–१ जना सदस्य थप गरेर ४५ सदस्सीय बनाइएको छ ।जसअनुसार एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ सदस्य रहनेछन् ।
यसैबीच ९ सदस्सीय सचिवालय गठन गरिएको एकीकृत पार्टीको महासचिव विष्णु पौडेल हुने भएका छन् । यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ हुने एमाले प्रचारविभाग प्रमुख यागेश भट्टराईले जानकारी दिए ।
सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम रहने छन् ।
प्रतिक्रिया