काठमाडौं । बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने खार्पुनाथ गाउपालिकामा २ र ३ तीनको सीमा नजिक राया र थाली भन्ने ठाँउको बाउन खर्क भन्ने ठाउँमा तीन टुक्रा भएको अवस्थामा फेला परेको छ ।
उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो। दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ। ९ एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए।
जहाज क्याप्टेन किरण भट्टराई र को(पाइलट आदित्य नेपालीले उडाएका थिए। विमानमा सवार दुवै जनाको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआइजी शुरेस शाहले जानकारी दिए।
प्रतिक्रिया