काठमाडौ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज कोलकाता नाईट राईडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राती सवा ८ बजे कोलकत्तामा हुने छ ।
यसअघि गएराती भएको खेलमा किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले क्रिकेटको प्ले अफ् चरणमा पुग्ने संभावना जिवित राखेको छ ।
सातौं स्थानमै यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ । १२ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा झर्दा समान १२ अंक नैं जोडेको राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक नैं छ ।
प्रतिक्रिया