काठमाडौंं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएको सुरक्षा लगायतका विषयमा सरकार चुप लागेकोप्रति माओवादी केन्द्रले संसदमा असन्तुष्टि जनाएको छ। माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले मोदीको नेपाल भ्रमणका बेला भारतीय कमान्डो ल्याइएको र त्यसले नेपालको सुरक्षाप्रति प्रश्न उठाएको बताएकी छन्।
उनले संसदमा मोदीको भ्रमणका बेलाको सुरक्षा व्यवस्थाले समाजमा प्रश्न उठेको र त्यसले आफूलाई पनि छोएको बताइन्। उनले नेपालमा विगतमा चीन र भारतका प्रधानमन्त्री तथा राष्ट्रपति आएको र नेपालले सुरक्षा दिएको बताइन्। उनले नेपाल सुरक्षा दिन सक्षम भए पनि त्यसको पालना नभएको बताइन्। उनले भनिन्, तीन सयभन्दा बढी भारतीय सुरक्षा कमान्डो ल्याउने र पहिलो घेरामा उनीहरू रहनेले हाम्रो सेनाको सुरक्षा क्षमतामा प्रश्न उठको छ। हाम्रो मन्त्री नै जान नपाउने गरी भारतीय कमान्डोले जनकपुर र मुक्तिनाथमा व्यवहार भएको थियो।
उनले भारतीय प्रधानमन्त्रीले सयौं कमान्डो ल्याएकोमा सामाजिक सञ्जालमा कडा प्रश्न उठेको बताइन्। उनले प्रश्न गरिन्,नेपालमा आउने पाहुनालाई सुरक्षा दिन सक्दैनौँ भने किन बोलाउनेु उनले आफूलाई नेपाली सुरक्षा निकायले नेपालमा जसलाई पनि सुरक्षा दिने क्षमता रहेको बताइन्।भुसालले नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीको भ्रमण तालिका भारतबाट तय भएकोप्रति पनि असन्तुष्टि जनाइन्।
प्रतिक्रिया